टोस्टमास्टर्सका इन्टरनेशनल प्रेसिडेन्टमा मेनन

 

काठमाडौं । नयाँ दिल्ली भारतका दीपक मेनन सञ्चार र नेतृत्व विकासमा समर्पित विश्वकै अग्रणी संस्था टोस्मास्टर्स इन्टरनेशनलका नयाँ प्रेसिडेन्टमा चयन भएका छन् । डेन्भर, कोलोराडोमा अगष्ट २१ देखि २४ तारिखसम्म आयोजना भएको संस्थाको ८८औं वार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा मेननलाई एक वर्ष अवधिका लागि प्रेसिडेन्टको भूमिका सुम्पिएको छ ।
मेनन नयाँ दिल्लीको जे.पी. कपुर एण्ड उबेराईका चारटर्ड एकाउन्टेन्ट हुन् र उनी ९ जना पार्टनर मध्यका एक हुन् । उनले व्यवस्थापन र अप्रेशन निरिक्षण गर्दछन् र उनी अन्तर्राष्ट्रिय कर, क्रस बोडर ट्याक्सेसन, ट्रान्स्फर प्राइसिङ्ग तथा डाइरेक्ट ट्याक्सका विशेषज्ञ पनि हुन् । मेनन गौर नाफामुलक संस्था कोलम्बन एन्डोमेन्ट ट्रस्टका ट्रस्टी पनि हुन् । मेननले इन्स्टिच्यूट अफ चारटर्ड एकाउन्टेन्ट अफ इन्डियाका चारटर्ड एकाउन्टेन्ट हुन् र इन्फरमेशन सिस्टम अडिटिङ्गमा डिप्लोमा गरेका छन् ।
मेननले नयाा दिल्ली स्थित अमेरिकन सेन्टरको सहयोगमा टोस्टमास्टर्स यूथ लिडरसीपको प्रमुख संयोजकको रुपमा काम गरिसकेका छन् र भारतको ६ वटा शहरमा करिब ७०० वञ्चित बालबालिकाहरुका लागि सञ्चार र नेतृत्व विकासमा मद्दत गरेका छन् । उनले सेन्ट कोलम्बीया स्कुलको एल्म्युनी ओल्ड कोलम्बीयन एसोसियसनमा सेक्रेटरीको रुपमा काम गरेका थिए र सन् २००६ मा अम्बी नलेज रिसोर्सेस् प्रा.लि. नामक प्रकाशन गृह स्थापना गरेका थिए ।
सन् २००२ देखि टोस्टमास्टर्स मेननको होम क्लब सेन्ट्रल दिल्ली टोस्टमास्टर्स हो । उनले टोस्टमास्टर्समा उच्च प्रोफाइल नेतृत्व पद धारणा गरेका छन् र डिस्टिङ्ग्विसड टोस्टमासटर्स पदवी प्राप्त गरेका छन् जुन संस्थाको उच्च स्तरीय शैक्षिक उपलब्धी हो ।
उनले भने, “टोस्टमास्टर्सले मलाई त्यस्तो सीप सिकाएको छ जुन स्कुल, कलेज र विश्वविद्यालयले सिकाउन सक्दैन । यसले मलाई लोन प्लेयरबाट टिम प्लेयर, अरुको नेतृत्वमा रहनेदेखि नेतृत्व गर्ने र समस्याबाट समाधानमा विकसित गरेको छ ।”
इन्टरनेशनल प्रेसिडेन्ट मेनन टोस्टमास्टर्सको बोर्ड अफ डिरेक्टरमा उच्च अहोदाका अधिकारी हुन् । उनी निम्न नवनिर्वाचित अधिकारीहरुसँगै टोस्टमास्टर्स इन्टरनेशनल २०१९–२०२० कार्यकारी समितिमा जोडीएका छन् ।