रुपन्देहीमा गोली चल्यो, एकको मृत्यु

maitrinews

 

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसएसपी हृदय थापाले बताउनुभयो ।

स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।

प्रत्यक्षदर्शीले गुण्डाहरुले कुर्मीसँग भएको रकम समेत लुटेर लगेको बताएका छन् । रुपन्देहीको रोहिणी क्षेत्र जिल्ला कै लुटपाट हुने स्थानमा पर्दछ ।