मानिसको टाउकोमा सिङ

maitrinews

 

भारतको मध्यप्रदेशमा एक जना मानिसको टाउकोमा सिङ पलाएको छ । मध्यप्रदेशको सागर जिल्लामा पर्ने रहली गाउँमा बस्ने ७४ वर्षका श्यामलाल यादवको टाउकोमा एउटा सिङ पलाएर बढिरहेको थियो । हालै शल्यक्रिया गरी उक्त सिङ काटिएको छ । केही वर्षअघि टाउकोमा चोट लागेसँगै उनको टाउकोबाट सिङ उम्रिएको र त्यो बढ्दै गएको श्यामलालले बताएका छन् । उनले टाउकोमा पलाएको सिङ सानो छँदै कैयन् पटक काटे पनि । तर त्यो पलाइरह्यो । त्यसपछि उनले डाक्टरकहाँ गएर देखाए । तर त्यसको शल्यक्रिया उपचार गर्न धेरै रकम लाग्ने बताएपछि उनी हच्किए । अन्ततः स्थानीय एक अस्पतालमा उनको हालै शल्यक्रिया भयो र डाक्टरहरुले उनको टाउकोबाट सिङ काटेर फ्याँकिदिए । उनको टाउकोमा सिङ पलाएको समस्यालाई चिकित्साको भाषामा ‘सेबासियस हर्न’ भनिन्छ । यो दुर्लभ रोग हो । उनको शल्यक्रिया गरी सिङ निकाल्नका लागि केही घण्टा लाग्यो । अन्ततः उनले सिङबाट छुटकारा पाए ।