चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी तीव्र

maitrinews

 

काठमाडौं । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ ।

बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङमार्गदेखि प्रसारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजनाहरु छन् । जसअन्तर्गत भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सातवटा योजना छन् । त्यसैगरी ऊर्जा मन्त्रालयका दुई र शिक्षाको एउटा परियोजना छन् ।

भौतिक पूर्वाधारअन्तर्गत काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको सुरुङमार्ग, केरुङ–काठमाडौं सडक स्तरोन्नति, तातोपानी नाका स्तरोन्नति, अरनिको राजमार्ग स्तरोन्नति, उपत्यका रिङरोडको स्तरोन्नति, केरुङ–काठमाडौं रेलमार्ग र किमाथान्का–धनकुटा–हिले सडक निर्माण परियोजना छन् ।

यस्तै ऊर्जाका गल्छी–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन र फुकोट कर्णाली हाइड्रो प्रोजेक्ट ९४२६ मेगावाट० छन् । सरकारले माग गर्न लागेको अर्को चर्चित योजना मकवानपुरको चित्लाङमा खोल्न लागिएको मदन भण्डारी विश्वविद्यालय हो । परियोजना सूचीलाई आवश्यक परामर्श गरेर अन्तिम रूप दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।सीको भ्रमणमा सरकारले चीनसँगको सहकार्यमा केरुङ–काठमाडौं रेलबारे पनि कुरा गर्नेछ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म रेल आए पनि त्यहाँबाट करिब ५ सयभन्दा बढी दूरीमा रहेको नेपालको उत्तरी सिमाना केरुङसम्म रेल आउन केही वर्ष लाग्ने देखिन्छ । राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठमाडौं रेल पूर्णरूपमा निर्माणको सम्झौता हुने वा त्यसको डीपीआर ९विस्तृत परियोजना प्रतिवेदन० र निर्माणको मोडालिटीमा सम्झौता हुने भन्ने विषयमा सरकारले चासो दिइरहेको छ ।

चीनले सन् २०१३ बाट राष्ट्रपति सीको नेतृत्वमा अघि सारेको बीआरआईमा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको थियो । बीआरआईअन्तर्गत नेपालले सुरुआतमा ३५ परियोजना अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्षको चीन भ्रमणका क्रममा चीन सरकारले संख्या घटाएर महत्त्वका आधारमा परियोजना सूची पुनः पेस गर्न आग्रह गरेको थियो । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले त्यसपछि प्राथमिकताका आधारमा परियोजना संख्या १६ मा झारिएको जानकारी दिनुभएको थियो ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएलगत्तै नेपालले चीनसँग पारवहन र यातायातसम्बन्धी सम्झौता गरेको थियो । पाँच महिनाअघि चीनका ७ बन्दरगाह ९समुद्री र जमिन गरी० प्रयोग गर्ने गरी पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ । सीको भ्रमणको मिति सार्वजनिक नभए पनि यसै महिनाको २६ देखि २८ गतेभित्र नेपाल आएर फर्कने सुरक्षा निकायहरूका अधिकारी बताउँछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सीको भ्रमणलाई लिएर मन्त्रालयले अन्य मन्त्रालयसँग समन्वय गरेर गृहकार्य गरिरहेको छ ।