महरा यौन दुर्व्यवहार प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान

maitrinews

 

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको यौन दुर्व्यवहार आरोपको प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । यस्तै दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले महराविरुद्ध किटानी जाहेरी दिने तयारी गरिरहेको स्रोतले बताएको छ ।

यसैबीच गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीबीच गृहमन्त्रालयमा यसै विषयमा छलफल भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार अहिले घटनास्थल र प्रमाणहरु सुरक्षित गर्ने कार्य भइरहेको छ। यससँगै अनुसन्धान प्रक्रिया पनि अगाडि बढाइएको छ।