प्रधानमन्त्री ओलीले आज नागढुंगा सुरुङमार्ग शिलान्यास गर्नुहुदैँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबीसे–नागढुंगा सुरुङमार्गको आज शिलान्यास गर्दै हुनुहुन्छ । राष्ट्रिय गौरवको योजनामा समेटिएको उक्त सुरुङमार्गको आज अपराह्न ४स्०० बजे शिलान्यास गर्न लागिएको हो ।
जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा बनाउन लागिएको सुरुङमार्गको निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको छ । २।७ किलोमिटर लामो हुने यो सुरुङमार्ग काठमाडौंतर्फ थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भइ धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुने छ ।