संसारकै सुन्दर बालिका

maitrinews

रुसकी बालिका संसारकै सबैभन्दा सुन्दर बालिका बनेकी छन् । ६ वर्षकी ती बालिकाले ४ वर्षको उमेरदेखि नै मोडलिङ गर्न थालेकी हुन् । बालिकाको नाम यलिना यकुपोवा हो । उनी ६ वर्षको उमेरमै सेलिब्रेटी बनिसकेकी छन् । उनको इन्स्टाग्राममा हजारौँ फलोअर्स पुगिसकेका छन् । उनले इन्स्टाग्राममा राख्ने तस्विरहरुमा हजारौँ लाइक्स प्राप्त हुन्छन् । उनका फ्यानहरु केवल रुसका मात्र नभई अमेरिका, बेलायत, जर्मनी लगायतका पश्चिमा देशहरुका पनि थुप्रै छन् । उनका फ्यानले उनलाई विश्वकै सबैभन्दा क्युट बच्चीको उपाधि दिइरहेका छन् । उनका तस्विर हेर्दा पनि उनी साँच्ची क्युट देखिन्छिन् । रुसको मस्कोकी बासिन्दा यलिनाले अहिलेसम्म कैयन् फेसन क्याम्पेनमा भाग लिइसकेकी छिन् । उनले बच्चाका कपडाको चर्चित ब्राण्ड मोनालिसा किड्स र ग्लोरिया जिन्सका लागिसमेत विज्ञापनमा अभिनय गरिसकेकी छिन् । जसमा उनको प्रस्तुति बेजोड रहेको छ ।