अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोगमा आज मतदान हुने

maitrinews

 

अमेरिका । सदन बस्नुअघि प्रमाण पेश गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बोलाइएको भए पनि उहाँले उपस्थित हुन अस्वीकार गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको कु को प्रयास भन्नुभएको छ ।
डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाउनुभयो ।
डेमोक्र्याटिक वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख रहेकी न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको बताउनुभयो ।
महाभियोग लागेर अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमुक्त भएका छैनन् ।
पेलोसीलाई लेखिएको पत्रमा उहाँले अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्धको घोषणा गरेको भनी आरोप लगाउनुभयो ।
मङ्गलवार पठाइएको पत्रमा उहाँले महाभियोगजस्तो शब्दको महत्त्वलाई सस्तो बनाइएको पनि बताउनुभयो ।

बुधवार हुने मतदानमा परिणाम केही फरक होला कि भन्ने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेख्नुभएको हो ।

ट्रम्पमाथि महाभियोगको छानबिन सुरु गर्ने घोषणा गर्दा सभामुख न्यान्सी पेलोसीले कोही पनि कानुन भन्दा माथि नरहेको र ट्रम्पलाई उनको कदमकालागि जवाफदेही ठहर्‍याउनुपर्ने बताउनुभयो ।
व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको भन्ने आरोपमाथि बुधवार उहाँले महाभियोगसम्बन्धी मतदानको सामना गनुपर्ने भएको छ ।

उहाँले आफ्नो पत्रमा महाभियोग प्रकरणको सुरुदेखि नै उचित संवैधानिक प्रक्रियाबाट आफू विमुख भएको र प्रमाण प्रस्तुत गर्न पाउने संवैधानिक अधिकार पनि नदिइएको बताउनुभयो ।
खासमा राष्ट्रपतिलाई सदनको न्यायिक समितिका अध्यक्षले महाभियोग प्रक्रियामा आफ्ना प्रमाणहरू पेश गर्न सार्वजनिक रुपमा बोलाएका थिए।
बुधबार यदि अपेक्षा गरिए अनुसार नै मतदान भएमा अमेरिकी इतिहासमा महाभियोगमा पर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनुहुनेछ ।

बुधबार यदि अपेक्षा गरिए अनुसार नै मतदान भएमा अमेरिकी इतिहासमा महाभियोगमा पर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनुहुनेछ ।

उहाँ त्यसपछि सुनुवाइका लागि माथिल्लो सदन जानुहुने छ जहाँ दुवै पार्टीका सदस्यहरूले स्वतन्त्र रुपमा सुनुवाइ गर्नुपर्नेछ।