काँक्रामा लाफिङ बुद्ध

maitrinews

 

चिनियाँ किसानले लाफिङ बुद्ध आकारका काँक्रा बोटमा फलाएका छन् । काँक्रामा बुद्धको आकार कसरी सम्भव भयो भनी प्रश्न उठ्न सक्छ । यी काँक्रा बोटमै फलेको भए पनि लाफिङ बुद्ध आकार यसको सक्कली रुप होइन् । चीनमा लाफिङ बुद्ध आकार तथा अन्य मूर्तिको आकार काँक्रामा उतार्ने चलन छ । यसका लागि त्यहाँका किसानले काँक्रो जस्तो आकार दिन चाहन्छन् त्यस्तै प्लास्टिकको आकारले बाँध्छन् । लामो समयसम्म यसरी राखिएपछि काँक्रा बोटमै कलात्मक देखिन्छन् ।