प्रदेश ३ को नाम बाग्मती र राजधानी हेर्टौंडा राख्ने नेकपाको निर्णय

maitrinews

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ले प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णय गरेको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो। बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको छ । उक्त प्रस्ताव संसदबाट पारित भएपछि प्रदेश र राजधानीको नाम टुंगो लाग्ने छ ।