प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।
बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना साटासाट गर्नुभएको छ ।
उहाँहरूबीच दुई देशबीचको सम्बन्धलाई नयँ उचाइमा पुर्याउन २०१९ सफल रहेको कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्विट गरी उल्लेख गर्नुभएको छ ।
बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौं, ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गर्नुभएको छ ।