पार्टीलाई बन्धक बनाउन खोजियो : देउवा

maitrinews

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ ।

सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन खोजिएको आरोप लगाउँदै उहाँले बाध्य भएर बहुमतीय प्रणालीबाट अन्तिम निर्णय गर्नुपरेको बताउनुभयो ।

विराटनगर विमानस्थलमा बुधबार संवाददाताहरूसँग कुरा गर्दै देउवाले भन्नुभयो, सहमतिका नाममा तीन(चार वर्ष कुरेँ। सहमति नजुटेपछि प्रजातान्त्रिक अभ्यासको प्रयोग गरेको हुँ ।

पार्टीको केन्द्रीय कार्यसमितिले गत साता बहुमतका आधारमा पार्टीको १४ औँ महाधिवेशन आगामी २०७७ फागुनमा गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अस्वीकार गरेको छ।