नेकपाका १६ राष्ट्रियसभा उम्मेदवारको सूची

maitrinews

 

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ।
प्रदेश १ मा नेकपाले महिलातर्फ इन्दु गौतम, दलतीबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ।

त्यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ।
त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै महिलामा भगवती न्यौपाने उम्मेदवार बनाएको छ।

प्रदशे ५ मा नेकपाले महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ।

त्यस्तै कर्णाली प्रदेशमा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन्।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार बनाएको छ ।