प्रचण्ड र देउवाबीच भेटवार्ता

maitrinews

 

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

देउवा निवास बुढानिलकण्ठमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो।

अध्यक्ष प्रचण्ड र सभापति देउवाको सचिवालयले जनाएअनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।
‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई नेतृत्व प्रदान गर्नेलगायत विषयमा छलफल भएको हो,’ स्रोतले भन्यो।