चिनियाँ नागरिक फिर्ता गर्ने तयारी

maitrinews

 

काठमाडौँ । शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई अध्यागमन कानुनअन्तर्गत बुधबारसम्म फिर्ता गर्ने तयारी भइरहेको छ ।
अध्यागमन विभागका अनुसार राहदानी नभएका ९२ जनाको नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा ट्राभल्स डकुमेन्ट ९टीडी० तयारी पार्ने कार्य जारी छ । सम्भवतः मङ्गलबार साँझसम्ममा टीडी बनाउने कार्य सम्पन्न हुनेछ ।

पक्राउ परेकामध्ये ३० जनासँंग मात्र राहदानी फेला परेको थियो । बाँकीले नेपालमै लुकिछिपी बस्न राहदानी च्यातेर फालेको हुनसक्ने अनुमान प्रहरीको छ । चिनियाँ नागरिक बस्दै आएको घरमा छापा मार्ने क्रममा प्रहरीले ९० वटाभन्दा बढी राहदानी बरामद गरेको थियो ।
बरामद राहदानीमध्ये ३० जनाको पहिचान खुले पनि बाँकी राहदानी बेवारिसे अवस्थामा भेटिएका हुन् । ती राहदानीवाहक चिनियाँ नागरिक भागेको हुनसक्ने भनाइ महानगरीय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीको छ ।