मध्यपूर्वमा देखिएको तनावले नेपाली बजारमा पेट्रोलियम पदार्थको तत्काल अभाव नहुने

maitrinews

 

काठमाडौँ । इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तर त्यसबाट नेपाली बजारमा तत्काल ठूलो असर नपर्ने नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारतबाट तेल किन्ने गरेको छ। भारतले ८० प्रतिशतभन्दा बढी तेल इरानसहित मध्यपूर्वका अन्य देशबाट आयात गर्ने हुँदा अमेरिका इरान तनावका कारण त्यहाँ विकसित परिस्थितिको प्रभाव नेपाली बजारमा पनि पर्न सक्ने अनुमान धेरैले गरेका थिए।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपाली बजारमा पनि सामान्य रूपमा मूल्य बढ्ने तर पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नआउने निगमले जनाएको छ।

ूहाम्रो खरिदमै मूल्य बढेर आयो भने हामीले पनि बढाउनुपर्ने हुन्छ। तर हामी जथाभावी मूल्य बढाउँदैनौँ,ू नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने।

नेपाल भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्रै मूल्यबारे निर्णय लिँदा मुद्रास्फीतिको दर, महँगी तथा आर्थिक वृद्धिदरलाई असर नगर्नेगरी र कुनै पनि परियोजनाको लागत नबढ्नेगरी निर्णय लिन्छौँ, उनले भने।
कच्चा तेलको मूल्य एक डलरले मात्र बढ्दा निगमलाई मासिक १८ करोड भार पर्ने अधिकारीहरूले बताउने गरेका छन्।