जिल्ला सभापतिहरुले दिए देउवालाई पाँचबुँदे सुझाव

maitrinews

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस ११ गते बसेको पर्टीको बैठकमा बहुमतबाट पारित निर्णय सच्याउने आशय व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका सभापति जगदीश्वर नरसिंह केसीले देउवा निवास बुढानीलकण्ठमा केन्द्रीय सभापति अत्यन्त लचिलो भएको बताए ।
उनले भने, ‘‘केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टी सबैको साझा हो । पार्टी बलियो बनाउन मिलेर जानुको विकल्प नभएको बताउनुभयो । त्यसका लागि म हदैसम्म लचिलो हुन तयार छु सभापतिको भनाइ छ ।’’

गत सोमबारदेखि काठमाडौंमा पार्टीका आन्तरिक विषयमा परामर्श गर्न आएका पार्टीका ४३ जिल्लाका सभापतिहरूलाई देउवाले बिहीबार लन्चका लागि बोलाएका थिए । सभापति देउवाले पार्टीलाई गतिशील बनाउन जिल्ला सभापति र केन्द्रले पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने बताएको केसीको भनाइ थियो ।

‘‘पार्टीको सदस्यता विद्यार्थी संगठनले बाँड्ने गरी संशोधन गरिएको विधानसमेत सच्याउन सभापति तयार हुनु भएको छ,’’ केसीले भने । पार्टी सभापतिले विभाग गठन गर्दा भागबण्डाका आधारमा होइन विधानसम्मत आफ्नो अधिकारको पूर्ण प्रयोग गर्नुपर्छ भन्ने जिल्ला सभापतिहरूको आग्रहलाई समेत देउवाले अत्यन्त सौहार्द्रपूर्ण रूपमा लिएको केसीले बताए ।

“जिल्ला सभापतिहरुले मुख्य रुपमा पार्टीका शीर्ष नेताबीचमा सहमति आवश्यक रहेको बताउनुभयो,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छलफलपछि पत्रकारहरुसँग् भने, “सहमतिबाटै महाधिवेशन हुन्छ । यसमा ढुक्क हुनुभए हुन्छ । अब पनि सहमतिबाटै अघि जानुको विकल्प छैन भन्ने नेताहरुको पनि धारणा छ ।