उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

maitrinews

 

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको हो । सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने ।’

सभामुख कसलाई बनाउने भन्नेबारे भने तय भइ नसकेको उहाँले बताउनुभयो ।