इजरायलमा नेपाल भ्रमण वर्षको भव्य उदघाटन, नेपाल भ्रमण गर्न इजरायलीहरुलाई आह्वान

maitrinews

 

तेल अभिभ । इजरायलमा नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ । तेल अभिभस्थित नेपाली राजदूतावासले जनबरी ७ मा सो कार्यक्रमको आयोजना गरेको हो । इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलका पर्यटनमन्त्री यरिभ लेभिनले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम उद्घाटन गर्नुभयो ।


त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै इजरायली पर्यटनमन्त्री लेभिनले नपाल भ्रमण वर्ष २०२० सफल पार्न इजरायलले सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाल र इजरायलबीच घनिष्ट सम्बन्ध रहेको बताउँदै भ्रमण वर्ष सफलताको कामना गर्नुभयो ।
त्यसैगरी इजरायलका लागि नेपाली राजदूत डा. शाक्यले नेपाल भ्रमणका लागि इजरायलीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले नेपाल भ्रमण जीवनभरिका लागि नौलो अनुभव हुने र सबै उमेर समूहकाका लागि नेपाल भ्रमण उपयुक्त रहेको बताउनुभयो ।
त्यस अवसरमा नेपालको मौलिक सांस्कृतिक कार्यक्रम(मञ्जुश्री, लाखे चर्यानृत्य)का साथै नेपाल भ्रमण वर्ष सम्बन्धी प्रवद्र्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो ।