पश्चिमी वायुको प्रभावका कारण फेरि वर्षा र हिमपातको सम्भावना

maitrinews

 

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आजबाट फेरि वर्षा र हिमपातको सम्भावना रहेको छ । आज रातिदेखि पश्चिमबाट प्रवेश गर्ने न्यून चापिय प्रणालीका कारण फेरि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, यसको प्रभाव भने पश्चिमी क्षेत्रमा मात्रै देखिने छ ।

सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा यसको प्रभाव बढि देखिने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाका अनुसार आज बेलुकाबाट यस क्षेत्रमा वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनेछ ।

यसपटकको पश्चिमी वायुको प्रभाव भने काठमाडौं उपत्यका र पूर्वी क्षेत्रमा नदेखिने उहाले जानकारी दिनुभयो । उहाले ुभन्नुभयो यसपटक पश्चिमी क्षेत्रमा मात्रै वर्षा र हिमपात हुने देखिएको छ । यो क्रम आज र भोली चल्ने छ भने पर्सी बुधबारबाट क्रमश सुधार हुनेछ ।

आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागे पनि तराई भेगमा भने यतिखेर बाक्लो हुस्सु लागेको छ ।