समय जीवनको अमूल्य निधि

maitrinews

एकदिन भगवान बुद्धलाई एक व्यक्तिले सोधेछन् , मानिसको सवैभन्दा ठूलो भ्रम के हो ? उहाँले उत्तर दिनुभयो, मानिसको सवैभन्दा ठूलो भ्रम यही हो कि मानिसलाई लाग्छ ऊसँग धैरै समय छ । यो सत्य हो, मानिसलाई आफूसँग धेरै समय छ भन्ने लाग्छ । तर जव समय वित्छ, तव त्यसको महत्व बुभ्छन् । त्यसैले समयको ख्याल राखेर काम गर्नु निकै महत्वपूर्ण हुन्छ । जसले समयको सम्मान गर्दैन समयले ती व्यक्तिको कदर गर्दैन । त्यसैले भनिएको छ , समयलाई साँचेर राख्न सकिँदैन बरु त्यसलाई सदुपयोग गर्न सकिन्छ । समय यतिकै पाइन्छ तर यसको मूल्य कसैले चुकाउन सक्दैन । समय निरन्तर चलिरहन्छ तर यसलाई सही दिशामा लाने काम हाम्रो हो । समयको नियन्त्रण हाम्रै हातमा हुन्छ । हामी सम्पत्ती बढाउँदै जान सक्छौं तर समय किन्न सक्दैनौं । समय र गुरु दुवैले हामीलाई ज्ञान दिन्छ , तर फरक यत्ति छ कि गुरुले पहिले ज्ञान दिन्छ र पछि परिक्षा लिन्छ तर समयले पहिले परिक्षा लिन्छ र पछि ज्ञान दिन्छ । समय जीवनको सवैभन्दा अमूल्य सम्पत्ति हो ।