दुई आयोगमा पदाधिकारी सिफारिस, सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी

maitrinews

 

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले शनिबार सिफारिस गरेको छ ।

समितिले सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा। गणेश भट्टलाई सिफारिस गरेको हो । उहाँ नेपाल ल क्याम्पसमा अध्यापन गर्नुहुन्छ । सदस्यमा भने प्रचण्डमान श्रेष्ठ, गोबिन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ ।

त्यस्तै वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम समितिले सिफारिस गरेको छ । सदस्यमा बिष्णु भण्डारी, सुनिलरञ्जन सिंह, गंगाधर अधिकारी र सरिता थापामगर रहेका छन् । समितिका संयोजक पूर्व प्रधानन्यायधिस ओमप्रकाश मिश्र, सदस्यहरु शर्मिला कार्की, प्रकाश वस्ती, रामनाथ मैनाली र प्रेम प्रकाश खड्काले शनिबार नै सिफारिस गरिएका नाम सहितको लिष्ट कानून मन्त्रालयलाई बुझाएको छ । सरकारले दुबै आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।