स्थानीय प्रशासनद्वारा बाह्रबिसे बजारलाई निषेधित क्षेत्र घोषणा आइतबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म

 

सिन्धुपाल्चोक । घरटहरा भत्काएको विरोधमा स्थानीयको आन्दोलन चर्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे क्षेत्रमा निषेधित घोषणा गरेको छ ।

जिल्ला प्रशासनले विज्ञप्ति निकालेर आइतबार बिहान ८ देखि बेलुकी ५ बजेसम्म बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी भएको जनाएको हो। प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले निकालेको विज्ञप्तिमा हुलदंगा र अशान्ति हुन सक्ने देखिएको भन्दै बाह्रबिसे बजारबाट ३ सय मिटर पूर्व, पश्चिमतर्फ भोटेकोसी खोला ९पुल राम्चे० र दक्षिणतर्फ सुनकोसी चोक र उत्तरतर्फ इलाका प्रहरी कार्यालय बाह्रबिसे नगरपालिका ४ सम्म निषेधित क्षेत्र तोकिएको उल्लेख छ।

शनिबार नगरले जथाभावी संरचना भत्काएको भन्दै स्थानीयले आन्दोलित बनेका थिए। उनीहरुले बिनासूचना जबर्जस्ती टहरा र संरचना बिगारेर त्रास मच्याएको आरोप लगाउँदै स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।