सभामुख चयनको प्रक्रिया शुरु हुँदै

 

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि आज प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित भएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया शुरु हुने भएको हो ।