सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने

maitrinews

 

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने बारे दलहरुबीच सहमति भएको हो ।
सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

सभामुखका लागि सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने आजै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको छ ।