उपसभामुख शिवमाया तुम्बाहाङफेले दिनुभयो पदबाट राजीनामा

maitrinews

 

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुभएको छ। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको बताउनुभएको हो ।

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भन्नुभयो ,‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’ मन्तब्य दिँदै उहाँले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गर्नुभयो । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ भन्ने मेरो विश्वास छ,’ उहाँले भन्नुभयो ।
संवैधानिक ओहोदामा बसुन्जेल दलको निर्देशन नहुने उहाँको भनाइ थियो । निकास दिनका लागि भएको छलफललाई आफूले सुक्ष्म रुपमा मूल्यांकन गरेको र संविधान अनुसार सभामुख चयन गर्न आफूले मार्ग प्रशस्त गर्ने निर्णय गरेको उपसभामुखले बताउनुभयो । आफू कसैको आग्रहमा प्रभावित नभएको बताउँदै उहाँले कसैले पनि आफ्नो धरातल भुल्न नहुने बताउनुभयो ।