सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त

maitrinews

 

काठमाडौँ । मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षतामा गणेश भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बालुवाटारमा बसेको बैठले दुवै आयोगमा पदाधिकारी नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वको सिफारिस समितिको सिफारिस अनुसार दुवै आयोगमा अध्यक्ष र सदस्यहरू नियुक्त गरिएको हो । मिश्र नेतृत्वको सिफारिस समितले शनिबार दुवै आयोगमा अध्यक्ष र सदस्यसहित पाँच(पाँच जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।
सत्य निरुपण तथा मेलमिलाप आयोगक सदस्यमा गोविन्द गौतम, प्रचण्डराज प्रधान,विष्णु पोखरेल र मन दाहाललाई नियुक्त गरिएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्यमा सुनिलरञ्जन सिंह, विष्णु भण्डारी,सरिता थापा मगर र गांगा अधिकारीलाई नियुक्त गरिएको छ।

मन्त्रिपरिषद्का बाँकी निर्णयहरू औपचारिक रूपमा बिहीबार सार्वजनिक गर्ने गरिएको छ। यी दुवै आयोगमा पदाधिकारी नियुक्तीसँगै द्वन्द्वकालीन् मुद्दाको छानबिन प्रक्रिया अगाडि बढ्ने भएको छ।

दुवै आयोगसमबन्धी कानुन अगाडि बढाउने विषयमा पनि सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच शनिबार नै सहमति भएको थियो।