दामनको पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा भेटिए

maitrinews

 

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका छन् ।
२ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको जानकारी दिएको छ ।

४ जना महिला र ४ जना पुरुष २ ओटा कोठा लिएर बसेका थिए । सोमबार राति राम्रोसँगै सुतेका उनीहरु बिहान भने अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीले चिसोबाट बच्न प्रयोग गरिएको ग्यास हिटरका कारण निस्साएिर उनीहरु बेहोस भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि घटनाको बास्तविक विवरण आइसकेको छैन । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।