बेहोस अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु

maitrinews

मकवानपुर । मकवानपुरको एक होटलमा बेहोस अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । उपचारका लागि काठमाडौंको हेम्स अस्पताल ल्याइएका सात जनाको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिषरका प्रवक्ता हविन्द्र बोगटीले जानकारी दिनुभयो । एक जनाको मकवानपुरकै होटलमा मृत्यु भएको हो ।
मकवानपुरको उत्तरी क्षेत्रमा थाहा नगरपालिकाको दामनस्थित पानोरमा रिसोर्टको कोठा नम्बर १०१ मा बसेका चार जना महिला तथा ४ जना पुरुष भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।
नेपाल घुम्न भारतको केरलाबाट नेपाल घुम्न आएका उनीहरुले राध्य रातमा होटलसँग आग्रह गरेर ग्यास हिटर बालेर सुतेका थिए । झ्याल ढोका बन्द गरी व्यास हिटरका कारण निस्यासिएर उनीहरु बेहोस भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा जनाएको छ ।