शरीर, वचन र मनको शुुद्धि नै बुद्ध शिक्षाको सार

maitrinews

संसार चराचर जगत, लोकबारे आफ्नै पुरुषार्थ ,मेहनत र ज्ञानले वास्तविकता अवबोध गर्न सक्ने व्यक्ति बुद्ध कहलाइन्छ । जो आफू लगायत अरुलाई दुःखकाट मुक्त हुने उपाय बताउन सक्षम हुनुहुन्छ । यस्ता उपकारी बुद्धको जन्म पृथ्वीमा यदाकदा भईरहन्छ । त्यसमध्ये आजभन्दा २६०० वर्ष अगाडि लुम्बिनीमा जन्मनुभएका राजकुमार सिद्धार्थ जसले ३५ वर्षको उमेरमा बुद्ध हुने शौभाग्य प्राप्त गर्नुभयो । र, गौतम बुद्धको नामले प्रख्यात हुनुभयो । विभिन्न गुण र विशेषताले परिपूर्ण हुने भएको हुँदा बुद्धलाई भगवानको नामले पनि पुकारिने गरिन्छ । संसारमा विचरण गर्ने सवै सत्व प्राणीहरुप्रति असिम मैत्री र करुणाका प्रतिमूर्ति उहाँ महाकारुणीकका रुपमा पनि चिनिन्छ ।
त्यस्ता महाकारुणीकले लोकको हीत र सुखका लागि विभिन्न शिक्षाहरु उहाँले दिनुभएको छ । एक पटक बुद्धसमक्ष एक जना बुढी आमैले आफ्नो मनको कुरा पोख्नुभयो । भगवान शास्ता मैले जीवनको ६० औं वसन्त पार गरिसके बल्ल आज तपाईको उपदेश सुन्ने मौका मिल्यो । तपाईले धेरै जीवन उपयोगी शिक्षा सिकाउनु भएको छ । तर मलाई थाहा छैन ती शिक्षाहरुको अनुकरण गरेर आफ्नो जीवन सुन्दर बनाउन सक्छु कि सक्दिँन । अझ भनौ ती सवै शिक्षा जीवनमा लागू गर्न मेरो जीवन बाँकी छ कि छैन । त्यसैले भगवान शास्ता सवै शिक्षा सार संक्षेपमा बुझाइदिनुस् । ताकि छोटो समयमा नै आफ्नो जीवन कृतार्थ पार्न सकूँ । ती बृद्ध आमाको कुरा सुनेर बुद्धले सरल भाषामा सम्झाँउनुभयो, कुनै प्रकारको दुष्कर्म नगर्नु, कुशल कर्म जतिसक्दो गर्नु, आफ्नो चित्त सफा राख्नु , यही नै बुद्धहरुको शिक्षा हो ।
जुन कार्य गर्दा आफू साथै अरुलाई पनि हानी हुन्छ, दुःख हुन्छ वा दुखी बनाउँछ ,त्यस्ता कर्मलाई पाप कर्म भनी बुभ्नुपर्दछ र त्यस्तो कर्म गर्नबाट बच्नुपर्दछ । जुन कार्यले आफू साथै अरुलाई पनि लाभ हुन्छ, सुख हुन्छ त्यस्ता कार्य नै सुकर्म हुन् र सक्दो त्यस्ता कार्यहरु गर्दै जानुपर्दछ । हामीले आफ्नो शरीर, वचन र मनबाट गर्ने दुष्कर्महरुबाट बच्नुपर्दछ । र मनबाट सवैको भलो चिताउनुपर्दछ । जव शरीर, वचन र मनबाट गरिने सवै कर्महरु शुद्ध हुन्छ तव जीवन सफल हुन्छ, सार्थक हुन्छ ।