आईएमएस ग्रुप लाइनरफ्लुक्स आधिकारिक बिक्रेता

maitrinews

 

काठमाडौँ । आईएमएस ग्रुप अब नेपालमा लाइनरफ्लुक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेका छन् । बाई डा.डिरे एन्ड मोन्स्टर प्रोडक्ट्सका इन्जिनियरहरूले बनाएका लाइनरफ्लुक्स हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनिसन अडियोकोे अनुभव दिनेछ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्रान्ड लाइनरफ्लुक्सको औपचारिक सुरुआत भएको हो । लाइनरफ्लुक्स हाइपरसोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लडी गागा, डा. डिरे, पुफ डेडी, ब्ल्याक आइड पिअस, फार इस्क मुभमेन्ट, जए, चोयु, वान्डर गल्र्स जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएकोछ । यसको डीएल०१ इम्प्रेसिभ ध्वनि इन्जिनको विशेस्ताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको छ । लाइनरफ्लुक्स हाइपरसोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विशेषता भनेको पिलो सफ्ट इयर टिप्स दुई थरीका रङ्गहरुमा पाईनेछ साथै यसले बाहिरी ध्वनी कम गरी बिस्त्रित ध्वनी सुन्न र बेसको आनन्द लिन मद्दत गर्दछ ।


हाल कम्पनीले लाइनरफ्लुक्स उत्पादनहरू स्मार्टडोकोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो साथसाथै आइएमएस लिटिल स्माइल्स इस्मिलेस् सोरुम सिटी सेन्टर र आइएमएस एसमार्ट सोरुम ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध गराएको छ ।
आईएमएस समूहका अध्यक्ष र सीईओ दिकेश मलहोत्राले भन्नुभयो,“नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड लाइनरफ्लुक्स एक मात्र आधिकारिक वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै खुसी र गर्व महसुस गर्दछौं । लाइनरफ्लुक्स एक येस्तो ब्रान्ड हो जुन सस्तो मूल्यमा सामानको असाधारण गुणस्तरको लागि परिचित छ र हाम्रो देशका नागरिकहरूलाई मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ । हामी हाम्रो उपभोक्ताको आवश्यकताहरू पूरा गर्नको साथै ं, निरन्तर सुधार र हरेक पक्षमा उनीहरूको अनुभव बृद्धि गर्न चाहन्छौं ।