सगरमाथा संवादमा नरेन्द्र मोदी र इमरान खानलाई निम्तो

maitrinews

 

काठमाडौं । नेपालले आगामी अप्रिल महिनामा आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई एकै पटक बोलाइएको भन्ने विषयले आज भारतीय मिडियामा पनि चर्चा पाएको छ ।

भारतको पत्रिका द हिन्दुको अनलाइन संस्करणमा आज यस विषयमा लामो समाचार सामग्री प्रकाशित भएको छ ।
कालोल भट्टाचार्जीले लेखेको सो समाचारमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रका अतिरिक्त अन्य विभिन्न देशका नेताहरुलाई पनि कार्यक्रममा बोलाइएको सगरमाथा संवाद सचिवालयको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

राष्ट्र र सरकार प्रमुखसहित मन्त्रीहरु, बिजनेश लिडर्स, मिडिया, विज्ञ, नागरिक समाजका नेतासमेत करिब १५० जनालाई कार्यक्रममा बोलाइएको सो समाचारमा उल्लेख छ ।

भारतीय विदेश मन्त्रालय ९साउथ ब्लक०ले सो सम्बन्धी निम्तो आफूले पाएको बताएको समेत त्यसमा उल्लेख गरिएको छ ।

सन् २०१६ मा हुनुपर्ने सार्क शिखर सम्मेलन भारत र पाकिस्तानको विवादका कारण हुन नसकेको तर भारतको विदेश मन्त्रालयले सन् २०२०को अन्तिममा दिल्लीमा हुन लागेको संघाइ कोअपरेसन अर्गनाइजेसनको बैठकका लागि पाकिस्तानका प्रधानमन्त्रीलाई पनि निम्तो दिएकोसमेत उल्लेख गरिएको छ ।
अप्रिल २ देखि ४ सम्म नेपालमा हुने भनिएको सगरमाथा संवादको विषय जलवायु परिवर्तन रहेको छ ।