अग्नि सापकोटालाई सभामुख बनाउने प्रक्रिया रोक्न सर्वोच्चमा रिट

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोग्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले सभामुख बन्नबाट रोक्न मागसहित सापकोटाविरुद्ध रिट दायर गर्नुभएको हो ।
प्रतिनिधि सभाको सभामुखमा एकमात्र उम्मेदवार बनेका सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै अधिवक्ता त्रिपाठीले रिट दायर गर्नुभएको हो ।
उक्त रिटको सुनुवाइ आइतबारका लागि तोकिएको छ ।

प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारुढ दल नेकपाबाट नेता सापकोटाको उम्मेदवारी परेको छ। ७ गते उम्मेदवारी दर्ता समेत भएको छ भने सभामुखको निर्वाचन १२ गतेलाई तोकिएको छ।