राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलद्वारा राजीनामा

maitrinews

काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ ।
प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेश गरेसँगै उहाँको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ। उहाँले भन्नुभयो, ‘मैले स्वेच्छाले राजीनामा दिएको हुँ।’

प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लाग्नुभएका नेता अग्नि सापकोटाविरूद्ध झलनाथ खनाल प्रधानमन्त्री हुँदा उहाँको टीममा मन्त्री बन्नुभएका सापकोटाका बिरुद्धमा सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो ।