काठमाडौं । नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नेपालमा आयोजना हुन लागेको सगरमाथा संवादको लागि निम्ता दिएको छ ।
नेपालले पहिलोपटक ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समाजिक सञ्जाल ट्वीटर मार्फत भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई सगरमाथा संवादमा निम्तो पठाइएको जानकारी दिनुभएको छ ।
नेपालले १ सय ५० भन्दा बढी विदेशी पाहुनालाई सगरमाथा संवादमा सहभागी हुन निम्तो पठाएको छ । कार्यक्रममा विभिन्न देशका प्रमुख, व्यापारी तथा विज्ञहरुबीच दुईपक्षीय छलफल हुनेछ । आगामी अप्रिल २ र ४ तारिखमा सगरमाथा संवाद कार्यक्रम हुनेछ।