सभामुखको निर्वाचन आज

maitrinews

 

काठमााडौँ । प्रतिनिधि सभाको सभामुखको लागि आज निर्वाचन हुँदैछ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन हुनेछ।
सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ।

संसद् सचिवालयकी कर्मचारीलाई यौन दुराचार गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएदेखि सभामुख पद रिक्त छ। महरा पुर्पक्षका लागि जेलमा छन्।