सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

maitrinews

 

काठमाडौँ । नयाँ सभामुखको पदमा नेकपाका अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ ।सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । सो प्रस्तावको प्रस्तावकमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण र समर्थकमा ओनसरी घर्ती रहनुभएको थियो ।