ट्रक एकआपसमा ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

maitrinews

 

रुपन्देही । रुपन्देहीमा दुइ ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।
भैरहवा–परासी सडक खण्डअन्तर्गत रूपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा आज विहान भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किदा दुर्घटना भएको हो । मृत्यु हुनेमा लालु कुर्मी, भविकन कुर्मी रहेका छन् भने अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छेैन ।
घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ। घाइतेहरुको भैरहवा मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ। बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।