नेकपा केन्द्रीय कमिटिको दोस्रो बैठक राष्ट्रिय सभागृहमा शुरु

maitrinews

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को केन्द्रीय कमिटिको दोस्रो बैठक शुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभामा बैठक शुरु भएको हो । बैठकलाई अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक एंव विधान संशोधनको प्रस्ताव पेश गर्नुहुनेछ ।

आजको बैठकमा समुहगत रुपमा छलफलमा उठेका विषयहरुलाई माघ १९ गते निश्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेजहरु पारित गर्ने कार्यविधिमा छ । त्यस्तै स्थायी कमिटी, सचिवालय र समसामयीक प्रस्तावहरुमा सोही दिन छलफल गरेर पारित गर्ने गरी कार्यविधि बनेको छ । बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिनेछ ।