नेकपाको महाधिवेशन ०७७ चैत २५ देखि ३० गतेसम्म प्रस्ताव

maitrinews

 

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन अर्को वर्ष चैत मसान्तमा गर्ने प्रस्ताव गरिएको छ।
बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको हो ।

अध्यक्ष दाहालले बैठकमा उक्त प्रतिवेदन पेश गर्नुभएको छ । केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि धारणा राख्नेछन्।

राजनीतिक प्रतिवेदनमा ‘०७७ भदौदेखि मंसिरसम्म स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने’ उल्लेख छ।
यस्तै चैत मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।