समाजसेवी प्राशाको प्रथम वार्षिक पुण्यतिथि सम्पन्न —न्युयोर्कबाट न्हुच्छेनारायण डंगोल

maitrinews

 

न्युयोर्क । चर्चित समाजसेवी प्राशा लक्ष्मी तुलाधरको प्रथम वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जलिसभाको आयोजना गरियो ।
अमेरिकाको न्युयोर्कमा समाजसेवामा लागेर छोटो समयमा सबैको प्यारी बन्न सफल प्राशाको गत वर्ष फोक्सको समस्याबाट पीडित भई निधन भएको थियो ।
नेपालीहरुको मनमा बस्न सफल फोक्सो प्रत्योरोपण समाजसेवी प्राशाको जनबरी २६ मा न्युयोर्कको उडसाइड सुनमिन रेस्टुरेन्टमा श्रद्धाञ्जलिसभाको आयोजना गरी उहाँप्रति श्रद्धाभाव व्यक्त गरियो ।
प्राशा नेपालका प्रख्यात बक्सर तथा नेपाल बक्सिङ सङ्घका कोचर प्रकाश तुलाधरकी छोरी हुनुहुन्थ्यो ।
श्रद्धाञ्जलिसभामा न्युयोर्कका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु, बुद्धिजीवीहरु, पत्रकारहरु तथा आम सर्वसाधारणको ठूलो समूहले प्राशाप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो ।