बोराले च्यापिएर एकै परिवारको चारजनाको मृत्यु

maitrinews

 

भैरहवा । रुपन्देहीमा बोराले च्यापिएर एकै परिवारको चारजनाको मृत्यु भएको छ । मृतक सबै भारतीय नागरिक हुन् । मृत्यु हुनेमा भारत बिहार राज्य बलिया जिल्ला तपनी गाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीया छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना खातुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कमल ज्ञवालीले जानकारी दिए ।

मृतक परिवारले बोरा संकलन गर्ने र आफूहरु बस्ने कोठामा बोराको खात बनाएर राख्ने गरेका थिए । राती सुतेको अवस्थामा खात लगाएर राखेको बोरा खस्दा निस्सासिएर उनीहरुको मृत्यु भएको प्रराम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ।