सुनसरीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमा नै मृत्यु

maitrinews

 

सुनसरी । सुनसरीको रामधुनीको तित्रृबनामा आज विहान ८ः०० बजे बस र माइक्रोबस ठोक्किँदा तीन जनाको घट्नास्थलमा नै मृत्यु भएको छ ।

इटहरीबाट इनरुवा तिर जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य धेरैको मृत्यु हुन सक्ने प्रहरीले बताएको छ । घट्नास्थलबाट शब निकाल्न समस्या भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
माईक्रोबस कच्याककुच्युक अवस्थामा रहेकोले माईक्रोबसका रहेका धेरै यात्रुको मुत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण नआईसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।