अध्यक्षद्वयले प्रश्नको जबाफ दिनुहुुने

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ ।

१५ वटा समूहमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वयले दिनुहुने कार्यक्रम छ । एक केन्द्रीय सदस्यका अनुसार अध्यक्षद्वयकै उपस्थितिमा एकजनाले मात्रै पनि जवाफ दिन सक्नुहुनेछ ।

नेतृत्वसामु केन्द्रीय सदस्यहरुले एमसीसी पारित किन ? नेताहरुबाटै गुटबन्दी, पार्टीका बैठक किन बस्दैनन् ? मन्त्रीले किन फोन उठाउँदैनन् ? नेताहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने कि नगर्ने ? लगायतका प्रश्न उठाएका छन् ।