नेकपा केन्द्रीय कमिटी बैठक आज सकिने

maitrinews

 

काठमाडौँ । नेकपा सचिवालय बैठकले जारी केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ‘केन्द्रीय समिति बैठक आज नै समापन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुले राखेका विभिन्न जिज्ञासा र सुझावलाई सम्बोधन गर्ने गरी नेताहरुबीच छलफलसमेत भएको छ । चार दिनअघि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।