आयल निगमले बढायो ग्यासको मूल्य, पेट्रोल र डिजेलको घट्यो

maitrinews

 

काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो । अब पेट्रोलको मूल्य ११०, डिजेल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी ग्यासको मूल्य भने बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १ हजार ३ सय ७५ रुपैयाँ पुर्‍याएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।