यौन सम्पर्कपछि पैसामा कुरा नमिल्दा अजिताको हत्या

maitrinews

 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपािलका वडा नम्बर ११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो।

यही माघ ४ गते बिहान हेटौंडा(५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपछि पैसाका विषयमा विवाद हुँदा अजिताको हत्या भएको अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न आरोपमा प्रहरीले हेटौंडा(४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा(९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा(११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा(४ का २४ वर्षीय आशिष बल र हेटौंडा(४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो।