पत्रकार दुर्गानाथ शर्माको निधन

maitrinews

 

काठमाडौं । पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।
नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उहाँको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ ।
७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उहाँलाई मंगलबार राति मनमोहनमा सारिएको थियो ।

२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माले टेलिभिजनको महाप्रबन्धकसम्म भई काम गर्नुभएको थियो। शर्माले सुरु गरेको विश्वघटना नामक कार्यक्रम चर्चित थियो । उहाँका दुई छोरा र श्रीमती हुनुहुन्छ ।