मति राम्रो भए गति राम्रो हुन्छ

maitrinews

एक समय बोधिसत्वले भाँडा व्यापारीको मूलमा जन्म लिएका थिए । उनीसँगै व्यपार गर्ने एक दुष्ट स्वभावका व्यापारी थिए । एकदिन दुवैजना एउटा नदी पार गरेर व्यपार गर्न गएका थिए । नदी पारीको गाउँ पुगेपछि ती दुवैजना फरक फरक बाटोतिर लागे ।

त्यो गाउँको एउटा घरमा एउटी बुढी आमा र उनकी नातिनी बस्ने गर्दथे । अत्यन्त गरिब परिवारका उनीहरुको परिवार पहिले सम्पन्न थियो । तर अहिले उनीहरु बसिरहेको घर जीर्ण अवस्थामा थियो । एकदिन बोधिसत्व र उनको अर्को साथी आफ्नो घरतिर आउँदै गरेको बुढीकी नातिनीले हेरिरहेकी थिइन । टलक्क टल्केका नयाँ भाडाहरु देखेर उसले किनिदिन आफ्नो हजुरआमासँग जिद्धि गर्न थालिन् । तर बुढी आमैले आफूसँग भाडा किन्न पैसा नभएको सुनाइन । तर नातिनीले एउटा सानो भएपनि किनिदिन ढिपी गर्न थालिन् ।

नातिनीको पिढी तार्न नसकी ती बृढाले व्यापारी कहाँ गएर भनिन् । मसँग भाडा किन्न पैसा छैन तर मसँग भएको यो पुरानो थाल साटेर नयाँ भाँडो दिनुहुन्छ कि ? बुढी आमाको कुरा सुनेर ती व्यापारीले थाललाई कसीमा घोटेर हेर्यौ । कसीमा घोटेसँगै थाल पहेलो भएर आएको देखेर ती व्यापारीलाई त्यो थाल सुनको हो भन्ने थाहा भयो । र, ती दुष्ट व्यापारीले सोच्यो, पुरानो थाल लिएर नयाँ थाल दिएँ भने यिनीहरुले शंका गर्न सक्छन् र फिर्ता पनि माग्न सक्छन् । त्यसैले अहिले नै म यो पुरानो थाल लिएर नयाँ भाँडो दिन्न । र उसले भन्यो यो पुरानो थाल लिएर नयाँ भाँडो दिन मिल्दैन ।

पहिलो व्यापारी गएको एकछिनपछि अर्को व्यापारी पनि उनीहरुको घर आईपुग्यो । यसले नयाँ भाँडो दिन्छ कि सोध्नुपर्यो भनेर सोध्न गएछन् । बुढी आमैले थाल देखाउँदै अघिल्लो व्यापारीलाई जस्तै साट्न मिल्छ कि भनेर सोधिन् । ती व्यापारीले पनि थाल कसीमा घोटेर हेर्यो । र, सुनको भनेर थाहा पाएपछि व्यपारीले भन्यो आमा, यो थाल सुनको हो । यो थालको मुल्य तिर्न मसँग पैसा छैन । आश्चर्य मान्दै उनले भनिन्, भर्खर आएको व्यापारीले यो पुरानो थालको साटो नयाँ भाँडो दिन मिल्दैन भनेर गयो । तर तपाई यो सुनको भन्नुहुन्छ । तपाईकै प्रतापले यो थाल सुनको भयो होला । त्यसैले तपाईलाई जति दिन मन लाग्छ दिएर योथाल लानुस् ।

ती व्यापारीले आफूसँग भएको पैसा र भाँडाकुँडाहरु सवै दिएर आफ्नो बाटो लाग्यो । त्यसपछि पहिलो व्यापारी पुनः ती बृढाको घरमा आएर भन्यो, अघिको पुरानो थाल दिनुहोस् म एउटा नयाँ भाँडो दिन्छु ।

ती बुढी आमैले भनिन्, अघि तपाईले त्यो थालसँग नयाँ भाँडो साट्न मिल्दैन भनेर जानुभयो । तर अर्को व्यापारी आएर त्यो थाल सुनको भन्दै पैसा र सवै भाँडाकुँडा पनि दिएर गयो । ती लोभी र दुष्ट व्यापारीले बुढी आमैको कुरा सुनेर डाहाले छटपटायो र उसको त्यही मृत्यु भयो । मति नराम्रो हुँदा त्यसको गति पनि नराम्रो भयो ।