नेकपा नेता गिरीको शंकास्पद मृत्यु

maitrinews

काठमाडौँ । नेकपाका नेता हरिदेव गिरीको काठमाडौँ नयाँबानेश्वरमा शंकास्पद मृत्यु भएको छ।
काभ्रे घर भएका गिरीको नयाँबानेश्वरस्थित आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वररले जनाएको छ।

मंगलबार राति १० बजे रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि प्रहरीले राति १० बजे नजिकै रहेको सिभिल अस्पताल पुर्याइएका थियो।
अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो।

गिरीको मृत्युको कारण खुलेको छैन। उहाँ काभ्रेको बनेपास्थित नाला निवासी हुनुहुन्थ्यो । अनुसन्धानका लागि रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।